३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकले दियो विद्यार्थीलाई झोला र स्टेशनरी

सिद्धार्थ बैंक सुर्खेत शाखाले यहाँका ६० जना विद्यार्थीलाई झोला र स्टेशनरी सामाग्रीहरू वितरण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले भैरव मावि, हरिडिलभूमि स्कुल र शिव माविमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीहरूलाई झोला र स्टेशनरी सामाग्रीहरू वितरण गरेको हो । 

प्रत्येक विद्यालयमा कक्षा १ देखि कक्षा ८ सम्म अध्ययनरत २०/२० जना विद्यार्थी छनोट गरेर स्टेशनरी वितरण गरिएको सिद्धार्थ बैङ्कका शाखा प्रमुख रञ्जन कोइरालाले जानकारी दिए । ‘कमजोर आर्थिक अवस्था र प्रतिभाका आधारमा विद्यार्थीको चयन गरिएको हो,’ शाखा प्रमुख कोइरालाले भने, ‘बैंकको सहयोगबाट आर्थिक अवस्था कमजोर भएका र प्रतिभा भएका विद्यार्थीहरूको पढाइमा सहजता हुने अपेक्षा लिएका छौँ ।’ उनले आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यार्थीहरूसम्म बैंक पुग्ने बताए ।

झोला तथा स्टेशनरी वितरण कार्यक्रममा सिद्धार्थ बैंक सुर्खेतका शाखा प्रमुख कोइरालासहित जन सम्पर्क अधिकृत शोभा तिवारी, दिनेश थापा, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, शिक्षकलगायतको उपस्थिति रहेको थियो । 

बैंकले बिभिन्न समयमा विद्यालयहरूमा पुगेर विद्यार्थीहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत जिम्मेवार वित्तीय संस्थाको रुपमा सहभागिता जनाउँदै आएको छ । बैंकले देशैभर १९६ वटा शाखा (५ एक्सटेन्सन काउन्टरसहित), ११९ शाखारहित बैंकिङ्ग सेवा, २२० एटिएममार्फत ग्राहकलाई बैङ्किङ सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

प्रकाशित: १९ श्रावण २०८१ २०:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App