coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इन्भेस्टमेन्टको शाखा स्थानान्तरण

काठमाडौं– नेपाल इन्भेस्टमेन्ट बैंकले एकै दिन दुइटा शाखा स्थानान्तरण गरेको छ । स्थानान्तरण गरिएका चनौली र दलदले शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले उद्घाटन गरेको बैंकले जनाएको छ।

बैंकका अनुसार अहिले ६६ वटा शाखा मार्फत बैंकिङ सेवा दिइरहेको छ । नारायणगढ र पर्सामा रहेको तत्कालिन एस डेभलपमेन्ट बैंकको यी दुवै शाखालाई एनआइबिएलले प्राप्ति गरेपछि भरतपुर महानगर–२० चनौलीमा र देवचूली नगरपालिका–१४ दलदलेमा स्थानान्तरण गरेको हो । नारायणगढ र पर्सामा एनआइबिएलको पहिले शाखा रहेकाले ग्राहकको आवश्यकता र सुविधालाई मध्यनजर गर्दै शाखा स्थानान्तरण गरिएका हुन्।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ।

हाल प्रदेश १ मा आठ, प्रदेश २ मा ६ , प्रदेश ३ मा ३१, प्रदेश ४ मा पाँच, प्रदेश ५ मा आठ, प्रदेश ६ मा चार र प्रदेश ७ मा चार शाखा पुगेका छन् । साथै बैंकले भविष्यमा देशका विभिन्न सुगम तथा दुर्गम क्षेत्रमा थप शाखा खोली ग्राहक सञ्जाललाई अझ विस्तार गर्ने योजना बनाएको छ ।चारवटा एक्स्टेन्सन काउन्टर तथा नौवटा यातायात सम्बन्धी राजस्व संकलन केन्द्र खोलेको बैंकले आठ लाखभन्दा बढी उपभोक्तालाई ९८ वटा एटिएम काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित: १५ चैत्र २०७४ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App