२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

एआइपोर्ट्रेट मास्टर: अनर २०० सिरिज नेपालमा जुलाईमै भित्रिँदै

नेपालका लागि अनरको आधिकारिक वितरक सेल्ट्रोन नेपाल एकपछि अर्को स्मार्टफोन लन्च गर्ने क्रममा छ । आफ्नै प्रवृत्ति पछ्याउँदै, यसले आफ्नो नयाँ मोडेल अनर २०० सिरिजको लन्चको घोषणा गरेको छ। 

अनर २०० र अनर २०० प्रो समावेश अनर २०० सिरिज, अनर २०० र अनर २०० प्रो समाबेश अनर २००  सिरिज, अघिल्लो अनर९० सिरिजका उत्तराधिकारीहरू हुन जो थप एआई सुविधाहरू सहित थप अपग्रेड भएर आएका छन्।  

'द एआइपोर्ट्रेट मास्टर' ट्यागलाइन पाएको अनर २०० सिरिजले हार्कोर्ट स्टुडियो नामक सबैभन्दा महँगो स्टुडियोसँग सहकार्य गरेको छ । मानिसहरूले प्रिमियम पोर्ट्रेट शूटको अनुभव  फोन बाट नै लिन सक्नेछन। यो नवीनतम फोनमा टेलीफोटो क्यामेराको साथ नवीनतम स्न्याप ड्रागन चिप फिचर छ।  

अनर २०० प्रो दुई रंगमा उपलब्ध हुनेछ जबकि अनर २००  मुनलाइट, ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ। जुलाईको दोस्रो हप्तामा लन्चिङ कार्यक्रमको साथ सुरू हुने विश्वास गरिन्छ जहाँ मूल्य र प्रि-बुकिङ अफरहरू जानकारी गराउने कम्पनीले जनाएको छ ।  

प्रकाशित: २४ असार २०८१ १९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App