२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

कर्णालीमा उद्यमशीलता प्रेरणा सम्मेलन हुँदै

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधवार उद्यमशीलता प्रेरणा सम्मेलन हुने भएको छ।

राष्ट्र निर्माण मञ्च नेपाल र उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानको आयोजनामा सम्मेलन आयोजना गर्न लागिएको हो। 

उद्यमशील युवा सृजनशील युवा राष्ट्रिय अभियानका संयोजक भुपेन्द्रजंग शाहीले मंगलबार पत्रकार सम्मेलन मार्फत कर्णालीमा   वृहत् रुपमा उद्यमशीलता प्रेरणा सम्मेलनबारे जानकारी दिएका छन्।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलको प्रमुख आतिथ्यतामा उद्घाटन हुने सम्मेलनमा राष्ट्रिय स्तरका सफल उद्यमी तथा व्यवसायीका साथै कर्णालीका उद्यमी युवा तथा उद्यम गर्न चाहने युवाहरू सहभागी हुने कार्य योजना रहेको आयोजकले जानकारी दियो।

आर्थिक समृद्धि अहिले राष्ट्रको मूल मुद्दा भएकाले व्यापक आर्थिक लगानी र उद्यमशीलता प्रवर्द्धन गर्न सम्मेलन आयोजना गरिएको संयोजक भुपेन्द्रजंग शाहीले बताए।

नीति निर्माता, बजार निर्माता र उद्यमशीलहरू एक ठाउँमा हुने यो सम्मेलनमा विभिन्न मन्त्रालय लगायत देशका नीति निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

काठमाडौँमा सम्मेलन गरेर अब सात प्रदेशमा यस्ता सम्मेलन गर्ने कार्य योजना रहेको आयोजकले जनाएको छ। 

प्रकाशित: १८ असार २०८१ १६:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App