५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालको अलैँचीलाई भारतले आफ्नो भन्दै विश्वबजारमा पुर्‍याइरहेको छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यात गर्न कूटनीतिक पहल आवश्यक रहेको बताएका छन् । 

सोमबार ललितपुरमा आयोजित ‘अलैँचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषयक राष्ट्रिय सम्मेलनमा बोल्दै उनले नेपाली अलैँचीको बजार सुनिश्चित नभएकाले सरकारले विदेश निर्यातको लागि पहल गर्न आवश्यक रहेको बताए । 

सभामुख घिमिरेले नेपालमा उत्पादित अलैँची भारतमा निर्यात हुने तर भारतले आफ्नो उत्पादन भन्दै विश्वबजारमा निर्यात गर्ने गरेको बताउँदै नेपालबाट विश्व बजारमा सिधै निर्यात गर्ने वातावरण बनाउन सरकारले सहजिकरण गर्न आवश्यक रहेको बताए ।  

सभामुख घिमिरेले अलैँचीलाई अनलाइन मार्केटिङको रूपबाट विकास गर्न आवश्यक रहेको बताउँदै अक्सन प्रणालीमा नेपाली अलैँचीको दर रेट तय गरी विकास गर्न जरुरी रहेको बताए । 

उनले अहिले बिचौलियाहरूले बीचमा मुनाफा खाने काम गर्दा उत्पादकहरूले उचित मूल्य नपाउने र उचित मूल्य नपाउँदा बजार पनि अनिश्चित भएर जाने अवस्था रहेको बताए । उनले भारतमा निर्यातमा पनि विभिन्न जटिलताहरू रहेको भन्दै सरकारले अलैँची निर्यात नीतिगत रूपमा सहजिकरण गर्न आग्रह गरे ।  

प्रकाशित: १० असार २०८१ १८:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App