सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा १९१ औं र १९२ औं शाखा धादिङको गजुरी र धार्केमा सुरु गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाहरूको उद्घाटन गरेका छन्। उनले ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्याउने क्रममा बैंक धादिङ बासीहरूको सेवामा आइपुगेको र आगामी दिनमा सुशासनलाई ध्यानमा राख्दै अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने बताए।
सुविधा सम्पन्न ती शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरू माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले लिएको छ।
नयाँ शाखाको शुभारम्भ भएकै दिन बैंकले गजुरी १ आधामारा अवस्थित पत्तालिनी आधारभूत विद्यालयलाई कम्प्युटर सेट र प्रिन्टर उपलब्ध गराएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप कम्प्युटर सेट र प्रिन्टर हस्तान्तरण गरेका छन्।
प्रकाशित: ६ असार २०८१ १०:२४ बिहीबार