१४ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकारले दुध किसानलाई बक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छ: दीपकबहादुर सिंह

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन्।

बुधबार बिहान बक्यौता रकम माग गर्दै काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सांसद सिंहले उनीहरूलाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिए। बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो मन्त्रालयको बजेट न्यून रहेको भन्दैआपत्ति जनाउका हुन।

मुलुकलाई चिनाउने भरपर्दो माध्यम खेलकुद भए पनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो।सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने पनि बताए। 

प्रकाशित: ५ असार २०८१ १५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App