१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

आईडीएको बैठकमा भाग लिन विश्व बैँकका प्रबन्ध निर्देशक एक्सेल नेपाल आइपुगे

विश्व बैँकका सिनियर प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्ग नेपाल आइपुगेका छन्।

विश्व बैँक मातहतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को ‘थर्ड आईडीए २१ रिप्लेनिसमेन्ट मिटिङ’ मा भाग लिन उनी सोमवार नेपाल आइपुगेका हुन्।

नेपालमा भोलिदेखि पहिलोपटक हुन लागेको विश्व बैँकको उच्चस्तरीय बैठकको अध्यक्षता गर्न उनी काठमाडौँ आइपुगेको बताइएको छ।

बैठकले न्यून आय भएका मुलुकलाई विश्व बैँकको सहायताबारे रणनीति तय गर्ने छ।

यसअघि सरकारले यस सम्मेलनमा विश्व बैँकका अध्यक्ष अजय बङ्गा सहभागी हुने बताएको थियो। तर, सिनियर प्रबन्ध निर्देशकले बैठकको अध्यक्षता गर्ने भएसँगै अध्यक्ष भने नेपाल नआउने भएका हुन्।

नेपालमा ट्रोटसनबर्ग पाँच दिनसम्म रहनेछन्। त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री वर्षमान पुन, मुख्यसचिव बैकुण्ठ अर्यातसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम छ।

प्रकाशित: ३ असार २०८१ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App