२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आइटी क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरूमा परिवर्तन गर्दैनौँ: अर्थमन्त्री

फाइल तस्बिर

अर्थमन्त्री वर्षमान पुनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा ५ वर्षसम्म कुनैपनि करका नीतिहरूमा परिवर्तन नगर्ने बताएका छन् ।

शनिवारबाट ललितपुरमा सुरु भएको राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन, २०८१ लाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । उनले इन्फरमेसन टेक्नोलोजीको क्षेत्रमा नेपालले अब फड्को मार्नुपर्ने बताए । 

मन्त्री पुनले नेपालका लागि आइटी क्षेत्र प्रतिस्पर्धा गर्नसक्ने क्षेत्र भएको पनि धारणा राखे । उनले १० वर्षमा ३० खर्बको आइटी उत्पादन निर्यात गर्नसक्ने महत्त्वाकाङ्क्षी योजना सरकारले ल्याएको पनि जानकारी दिए । उनले काठमाडौंमा तत्काल एउटा आइटी हब बनाउने र त्यसका लागि केही ठाउँहरू हेरिसकिएको पनि स्पष्ट पारे । उनले सात प्रदेशमा नै हबको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । 

सरकारको तर्फबाट काठमाडौंमा कम्तीमा १० ठाउँमा तत्काल आइटी सेन्टरहरू स्थापना गर्ने र तीन वर्षलाई कुनैपनि शुल्क नलिने मन्त्री पुनले जानकारी दिए। अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा ६६ अर्ब बराबरको आइटी सेक्टरको सेवा निर्यात गरेको र आगामी एक वर्षभित्र १ खर्बको आइटी उत्पादन निर्यात गर्ने लक्ष्य राखेको बताए । 

प्रकाशित: १ असार २०८१ १४:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App