१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

कर्णाली प्रदेशको श्रमाधान रोजगार मेलाको ३ हजार ५ सयले गरे अवलोकन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरेको श्रमाधान रोजगार मेलाको तीन हजार ५०० जनाले अवलोकन गरेका छन्।

मेलामा २६३ जनाले विभिन्न खालको रोजगारीको लागि आवेदन दिएका छन् । त्यस्तै नेपाल चेम्बर अफ कमर्सको समन्वयनमा २६७ रोजगारीको प्रतिबद्धता गरिएको छ । मेला शुक्रबार र शनिबार चलेको थियो।

मेलाको समापन कार्यक्रममा बोल्दै नेपाल चेम्बर अर्फ कमर्स कर्णाली प्रदेशका अध्यक्ष चिन्तामणि न्यौपानेले मेलाले कर्णाली प्रदेशमा रोजगारी सृजना गर्न सहयोग पुग्ने बताए । मेलामा रोजगारदाता र श्रमिक बीच प्रत्यक्ष भेट हुँदा रोजगारीका विभिन्न आयामहरू खुलेको पनि उनले बताए ।

 ‘यो मेला सुरुवात मात्रै हो । सरकारले यस्ता खालका मेलालाई निरन्तरता दिनुपर्छ’ उनले भने ।मन्त्रालयले आयोजना गरेको श्रमाधान रोजगार मेलाको सह आयोजकको रुपमा चेम्बर अफ कमर्स कर्णाली प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, होटल संघ नेपाल, नेपाल तालिम तथा रोजगार महासंघ, नेपाल घरेलु तथा साना उद्योग व्यवसाय महासंघ छन् ।

त्यस्तै, मेलामा सुरक्षित आप्रवासन रोजगारीका लागि कार्यस्थलमा आधारित सिकाई, वैदेशिक रोजगारीका चुनौती, अवसर र प्रभाव, वैदेशिक रोजगारीमा स्वच्छ भर्ना प्रक्रिया, अन्तर्राष्ट्रिय श्रम सम्बन्ध र कानुन, सामाजिक सुरक्षा एवंम आन्तरिक रोजगारीका विषयक कार्यशालाहरू सञ्चालन भएका थिए । साथै वागिना एवंम लोक दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशले संयोजन गरेको हुड्के नाच, झ्याउरे नाच, डेउडा समूहको प्रस्तुति रहेको थियो ।

जेठ १७ गते कोसी प्रदेशको विराटनगरबाट सुरु भएको रोजगार मेला सुर्खेतमा जेठ २५ र २६ गते सञ्चालन भएको थियो । २७ र २८ गते सुदूरपश्चिमको धनगढी र २९ र ३० गते बाग्मती प्रदेशको ललितपुर आएर मेला समापन हुनेछ ।

प्रकाशित: २७ जेष्ठ २०८१ १३:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App