१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

खेल पूर्वाधारमा एक अर्ब ३० करोड, मुलपानी र विराटनगरमा राष्ट्रिय गौरवका रंगशाला

सरकारले निर्माणाधिन काठमाडौंको मुलपानी र विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका योजनाका रुपमा अगाडि बढाउने भएको छ। 

अर्थमन्त्री वर्षमान पुनले आज संघीय संसद् भवनमा बजेट भाषण प्रस्तुत गर्दै यस्तो बताएका हुन्। 

बजेट भाषणमा चितवनको भरतपुरमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा निर्माण गरिने, कीर्तिपुर त्रिवि क्रिकेट मैदानको स्तरोन्नती र धनगढीको फाप्ला क्रिकेट रंगशालाको निर्माण तीब्रता दिने उल्लेख छ। 

खेल पूर्वाधान निर्माणमा कुल एक अर्ब ३० करोड खर्च गरिने बजेट भाषणमा उल्लेख छ।

प्रकाशित: १५ जेष्ठ २०८१ १६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App