२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

'अनर म्याजिक सिक्स प्रो'को प्रि-बुकिङ खुला

सेलट्रोन नेपालले अनर म्याजिक सिक्स प्रो को प्रि-बुकिङ खुला गरेको छ ।  

मंगलबारदेखि सुरु भएको प्रि-बुकिङ ३१ मेसम्म जारी रहने सेलट्रोनले जनाएको छ । आकर्षक उपहारहरू र अफरहरूका साथ प्रि-बुकिङ सुरु भएको यो मोबाइल १२ प्लस ५१२ जिबी भेरियन्टमा बजारमा आउनेछ ।  

अनर म्याजिक सिक्स प्रो ले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई संचालित प्रयोगकर्ता अनुभवहरुमा उन्नति गरेको कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार उक्त स्मार्टफोनले विश्व रेकर्ड तोड्दै पाँचवटा डिक्सोमार्क गोल्ड लेबलहरु प्राप्त गर्ने पहिलो उद्योग बनेको हो । यसमा एआई–संचालित फाल्कोन क्यामेरा प्रणाली, अनर नानो क्रिस्टल सिल्ड डिस्प्ले, सिलिकन–कार्बन ब्याट्री, एआईमा आधारित म्याजिक ओएस ८।० लगायतका विषेशताहरु रहेका छन् ।  

कम्पनीका अनुसार अनर म्याजिक सिक्स प्रो कालो र एपी ग्रीन गरी दुई रंगमा उपलब्ध हुनेछ । भने, २१ मेमा प्रि–बुकिङ का लागि उपलब्ध हुने र १२ प्लस ५१२ जिबी भेरियन्टमा आउँनेछ ।  

प्रकाशित: ८ जेष्ठ २०८१ १८:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App