१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरोनाबाट प्रभावित पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले बजेट ल्याउनुपर्नेमा जोड दिएका छन्।

नेपाल रिपब्लिक मिडियाले आइतबार संचालन गरेको नागरिक प्रि-बजेट बहस कार्यक्रममा बाेल्दै उनले यस्तो बताएका हुन्।

अध्यक्ष ढकालले कोरोना र रसिया युक्रेनका कारण नेपालको आर्थिक अवस्था खुम्चिएको बताउँदै सरकारले अबको बजेट मार्फत् पर्यटन क्षेत्र उकास्न उपयुक्त रणनीति र प्रभावकारी याेजना अनुरुप बजेट ल्याउनुपर्ने बताए।

उनले भने ‘देशमा सबै भन्दा बढी रेमिटेन्स भित्रिएको छ। जुन हाम्रा लागि एक हिसाबले नराम्रो पनि हो। पर्यटनलाई चलायमान रुपमा अघि बढाउन जरुरी छ। यसका लागि पूर्वाधार निर्माणको विकास हुन आवश्यक छ। कार्यान्वयनमा आएका भन्दा पनि सुरु भएका पूर्वाधार निर्माणहरूलाई अघि बढाउन सरकारले जोड दिनुपर्छ।’ 

उनले पूर्वाधारका योजनाहरू थोरै बनाउने तर राम्रो बनाउनुपर्ने धारण राखे। सबै निकायले मिलेर गए मात्र विकास सम्भव हुने उनको भनाइ थियो।

‘सरकारले ल्याएको नीति तथा कार्यक्रमअनुसार नै बजेट आउने हो। तर, बजेटका केही कार्यक्रमले भने पर्यटन क्षेत्रलाई झस्काएको छ।’, उनले भने।

यस कारण अत्यावश्यक पूर्वाधारहरूको विकासलाई सरकाले विशेष प्राथमिकतामा राख्न आवश्यक रहेको उनले सुनाए।

पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्ने भएकाले यसले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउने उनको भनाइ छ।

प्रकाशित: ६ जेष्ठ २०८१ १७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App