२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

'उपाय'मा २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सुनिश्चित

प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले २७ करोड ५० लाख रुपैयाँ बराबरको लगानी सुनिश्चित गरेको छ ।  काठमाडौंमा एक कार्यक्रमबीच उसले 'क्वार्टरब्याक' नाम दिइएको उक्त लगानी सुनुश्चित भएको घोषणा गरेको हो ।  

प्रविधिको उपयोग गर्दै सहरभित्र र बाहिर सामान ओसारपसारमा सक्रिय रहँदै आएको यो कम्पनी उपायले नेपालकै सबैभन्दा ठुलो निजी इक्विटी फर्म डोल्मा इम्प्याक्ट फन्टले लगानी गरेको उल्लेख गरेको छ । सन् २०१९ मा स्थापना भएको यो कम्पनीमा योसँगै हालसम्म ७० करोड रुपैयाँ बराबरको लगानी सुनिश्चित भएको छ ।  

आगामी दिनमा नेपालकै पहिलो एक लाख वर्गफुटको तेस्रो पक्ष लजिस्टिक वेरहाउस सुविधा अगाडी बढाउने लक्ष्य राखेको यो कम्पनीले वृहत परियोजनाका लागि थप लगानी सुनिश्चित गर्ने उपायबारे समेत परामर्श र खोजी गरिरहेको उल्लेख गरेको छ । यसका लागि केही अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थाहरुसँग सम्झौता भइसकेको कम्पनीको भनाइ छ । नेपाल बाहिरसमेत विस्तार गरी अन्तर्राष्ट्रिय रुपमा सञ्चालन गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।  

एकीकृत लजिस्टिक सुविधा उपलब्ध गराउँदै आएको उपायले सामान ढुवानीदेखि भण्डारण, परिपूर्ति, सहरदेखि सहरसम्म समानको भुक्तानी र अन्तिम बिन्दु ढुवानीसम्मका सेवाहरु उपभोक्तासम्म सेवा दिँदै आएको छ । अहिलेसम्म २५ हजारभन्दा बढी व्यवसायिक ग्राहकलाई २० लाखभन्दा बढी पटक डेलिभरी दिएको बताउँदै उपायले नेपालका विभिन्न दुई सयभन्दा बढी स्थानमा ढुवानी सुविधा दिएको उल्लेख गरेको छ । 

प्रकाशित: ४ जेष्ठ २०८१ १९:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App