प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो। निर्जीवन बिमा व्यवसायी संघका अध्यक्षसमेत रहेका मल्ल प्रभु इन्स्योरेन्सको अध्यक्ष चयन भएका हुन्।
इन्स्योरेन्सको सदस्यहरूमा सञ्चालकहरूको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम, सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र सांगे लामा चयन भएका छन्।
नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्षसमेत रहेका मल्ल निर्जीवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन्। उनले अन्य विभिन्न व्यावसायिक संघ, संस्था तथा कम्पनीको नेतृत्व गरेका छन्।
प्रभु इन्स्योरेन्सको व्यावसायिक क्षमता अभिवृद्धिका लागि आफ्नो कार्यकालमा थप योजना अघि बढाउने अध्यक्ष मल्लले बताए। निर्जीवन बिमा क्षेत्रमा जनचेतना अभिवृद्धि एवं व्यावसायिक हितका लागि आफूले पहल गर्ने अध्यक्ष मल्लको भनाइ छ।
प्रकाशित: १ जेष्ठ २०८१ १०:१३ मंगलबार