स्थानीय बजारमा सोमबार सुनको मूल्य तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो।
यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भएको छ।
यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ। आइतबार तोलामा १ हजार ७२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ७१५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ।
प्रकाशित: ३१ वैशाख २०८१ ११:१५ सोमबार