नेपाल मोबिलिटी सोलुन्सन्सले ‘जुमजुम’ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ। कम्पनीका अनुसार नयाँ ब्रान्डको रूपमा ‘जुमजुम’ आफ्ना ग्राहकको सहज र सुविधायुक्त यात्राका लागि प्रस्तुत भएको हो।
नेपाली कम्पनी एफवान सफ्ट ग्रुपका विज्ञहरूद्वारा समर्थित र टेक्नोलोजी पार्टनर पिक मिद्वारा विकसित एप जुमजुमले नेपालको यातायात क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा कम्पनीको छ।
कम्पनीका अनुसार सो राइड सेयरिङ प्लेटफर्म इसेवामार्फत सजिलै भुक्तानी गर्न सकिने, मल्टिपल बुकिङ गर्न सकिने, गुगल म्याप भएको, बिमा कभरेज जस्ता सुविधा छन्।
यसैक्रममा जुमजुमले पहिलो तीन सवारीहरूमा ७५ प्रतिशत छुटको प्रस्ताव गरेको छ। चालकले हजार रूपैयाँ ज्वाइनिङ बोनसहरूबाट लाभ उठाउन सक्नेछन्।
यस्तै पहिलो दुई हप्ताको लागि शून्य प्रतिशत कमिसन र त्यसपछि कमिसन रिबेट कार्यक्रमहरूमा जति धेरै राइड त्यति कम कमिसनको योजनासमेत ल्याएको छ। साथै चालकहरू दैनिक बोनस दुई हजार रूपैयाँसम्म कमाउन सक्ने कम्पनीको दाबी छ।
प्रकाशित: ३१ वैशाख २०८१ १०:४७ सोमबार