५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

फेरि पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भैइरहेको छ। गत साताको शुक्रबार तोलामा १ लाख ३७ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार २५० रुपैयाँ थियो।

यसअघि गत साताको शुक्रबार पनि सुनको मूल्य बढेको थियो। बिहीबारको तुलनामा २३ सय रुपैयाँले बढेर शुक्रबार कारोबार थियो।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ। महासंघले सुनको मूल्य बढेपनि चाँदीको तोलामा १० रुपैयाँले घटेको छ।

आज चाँदीको मूल्य तोलामा १७ सय २५ रुपैयाँ छ। गत शुक्रबार यसको मूल्य तोलामा १७ सय ३५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

प्रकाशित: ३० वैशाख २०८१ ११:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App