१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

कुमारी बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता

कुमारी बैंक लिमिटेड र कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रबीच विभिन्न सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पतालबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट-क्रेडिट कार्डबाट भुक्तानी गर्नुपर्ने छ।

त्यसबापत ग्राहकले ओपिडी सामान्य डेन्टल सेवाहरूमा कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल तथा रिसर्च केन्द्रको मुख्य कार्यालय तथा नारायणगढ र बुटवलमा रहेका शाखा कार्यालयहरूबाट सेवा लिँदा १० प्रतिशत, विशेष डेन्टल सेवाहरूमा सात प्रतिशत र सामान्य सेवाहरूमा १० प्रतिशत, क्लिनिकल प्याथोलोजीमा १५ प्रतिशत र पहिलो भिजिटमा निःशुल्क आँखा परीक्षण गर्न सकिने गरी सम्झौता भएको हो।

प्रकाशित: ३० वैशाख २०८१ १०:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App