५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

ज्योति विकास बैंकद्वारा कृत्रिम हात वितरण

ज्योति विकास बैंकले १५ जना बालबालिकालाई कृत्रिम हात वितरण गरेको छ। बैंकले ‘हाम्रो विकास प्रवर्द्धन कोष’ अन्तर्गत ई–नेबल नेपाल नामक संस्थामार्फत १५ बालबालिकालाई कृत्रिम हात वितरण गरेको हो।

ई–नेबल नेपालको कार्यालयमा एक कार्यक्रमबीच ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र ई–नेबल नेपालका अध्यक्ष सुरेन्द्र श्रेष्ठको उपस्थितिमा ती कृत्रिम हातहरू आवश्यक भएका बालबालिकालाई प्रदान गरिएको हो।

कृत्रिम हातहरूले बालबालिकालाई सामान्य दिनचर्याका काममा सहयोग हुने र बालबालिकाको मनोबल र आत्मविश्वास उच्च राख्न सहयोग पुग्ने बैंकले जनाएको छ।

कार्यक्रममा जन्मजातै हात नभएका र दुर्घटनामा परी हात गुमाएका बालबालिकालाई त्यस्ता कृत्रिम हात प्रदान गरिएको छ।

प्रकाशित: ३० वैशाख २०८१ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App