२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सुनको मूल्य स्थिर,चाँदीको बढ्यो

नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको थियो। भने सो दिन सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। जुन अहिलेसम्मकै उच्च मूल्य हो।

यस्तै,आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।  शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।

प्रकाशित: ९ वैशाख २०८१ ११:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App