२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोकाकोला नेपालको ‘ड्रिंक एन्ड विन’ योजना

कोकाकोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूको लागि ‘ड्रिंक एन्ड विन’ अभियान सार्वजनिक गरेको छ। अभियान अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ।

‘ड्रिंक एन्ड विन’ अभियानअन्तर्गत उपभोक्ताले कोकाकोलाका (रिटर्नेबल ग्लास  बोतल-आरजिबी)हरूको बिर्कोमुनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको योजनामार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र सो अफर सीमित समयको लागि मात्र उपलब्ध हुने जनाइएको छ। ‘ड्रिंक एन्ड विन’ क्याम्पेन कोकाकोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ वैशाख २०८१ ०७:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App