२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिन्द्रा इलेक्ट्रिकको तीन पांग्रे अटो ट्रियो र्‍याली

महिन्द्रा इलेक्ट्रिकले बिर्तामोडदेखि काँकडभिट्टासम्म तीन पांग्रे अटो-ट्रियो र्‍याली आयोजना गरेको छ। र्‍याली बिर्तामोडबाट सुरु भई बुट्टाबारी-चारआली-धुलाबारी हुँदै काकडभिट्टासम्म पुगेर पुनः बुधबारे-जयपुर -शनिश्चरे-सुरुंगा हुँदै बिर्तामोड आएर औपचारिक कार्यक्रमका साथ समापन भएको छ ।

यससँगै ग्रुपका बिर्तामोडस्थित आधिकारिक बिक्रेता एभरेष्ट अटो ट्रेडले आफ्नो कामको क्रममा असाधारण प्रदर्शन गर्ने केही अटो चालकहरूलाई पनि पुरस्कृत गरेको छ। साथै कार्यक्रममा अग्नि ग्रुपले चालकहरूसँग प्रत्यक्ष रूपमा महिन्द्रा इलेक्ट्रिक तीनपांग्रे अटो ट्रियो झापा क्षेत्रमा बिक्री, सेवाको विकास र विस्तार गर्ने बारेमा छलफल गरेको थियो। सोही अवसरमा एभरेष्ट अटोले दुई नयाँ ग्राहकलाई महिन्द्रा अटो ट्रिओ हस्तान्तरण गरेको छ ।

प्रकाशित: २७ चैत्र २०८० ०९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App