२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको ‘ग्लोबल मनिविक’ सम्पन्न

सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रूपमा सचेत र सशक्त बनाउने उद्देश्यले सप्ताहव्यापी कार्यक्रम सम्पन्न गरेको छ।

बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइ विद्यार्थीहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १७६० जना विद्यार्थीको सहभागिता रहेको थियो।

प्रकाशित: १९ चैत्र २०८० ०९:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App