१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रोबीच सम्झौता

सिटिजन्स क्यापिटल र सिद्धि हाइड्रो कम्पनीबीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ।

सिद्धि हाइड्रो कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

 सम्झौताअनुसार क्यापिटलले सिद्धि हाइड्रोको सेयर सार्वजनिक निष्कासनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ। सिद्धि हाइड्रोले निर्माण गरिरहेको सिद्धि खोला जलविद्युत् आयोजना इलाम जिल्लामा अवस्थित छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ।

प्रकाशित: १८ चैत्र २०८० ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App