२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इन्फिनिक्सको स्मार्टफोन बजारमा

इन्फिनिक्सले स्मार्ट ८ सिरिजअन्तर्गत तीनवटा स्मार्टफोनहरू बजारमा ल्याएको छ। स्मार्ट ८, स्मार्ट ८ प्लस र स्मार्ट ८ प्रो नाम दिएर सार्वजनिक गरिएका तीनवटा स्मार्टफोनहरू सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध भएको कम्पनीले जनाएको छ।  

कम्पनीका अनुसार इन्फिनिक्सको स्मार्ट ८ प्लस स्मार्टफोनमा ५० मेगापिक्सलको डुअल क्यामेरा सेटअप रहेको छ भने ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ। यस्तै ६.५६ इन्च एचडी डिस्प्ले, ६ हजार एमएएच ब्याट्री क्षमता रहेको स्मार्टफोनको मूल्य १३ हजार नौ सय ९९ रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

यस्तै इन्फिनिक्सको स्मार्ट ८ प्रो स्मार्टफोनमा ५० मेगापिक्सेलको डुअल क्यामेरा सेटअप, ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा, प्रिमियम डिजाइनसहित ६.५६ इन्च एचडी डिस्प्ले, पाँच हजार एमएएच ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। स्मार्ट ८ प्रो ४ जीवी र्‍याम र ६४ जिबी रोम तथा ४ जिवी ¥याम र १२८ जीवी रोममा क्रमशः १२ हजार नौ सय ९९ र १३ हजार ४९९ रूपैयाँमा उपलब्ध हुनेछन्।

साथै इन्फिनिक्सको नयाँ मोडल स्मार्ट ८ मा ६.५६ इन्च एचडी डिस्प्ले, १३ एमपी रियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा, ६००० एमएएच ब्याट्री रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: ३० फाल्गुन २०८० ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App