२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा नयाँ रेर्कड, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १  लाख २५ हजार तोकिएको छ।

बुधबार प्रतितोला १ लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर नयाँ रेकर्ड कायम भएको हो।

यस्तै आज तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ।

आज चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ। यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो।  

प्रकाशित: २४ फाल्गुन २०८० १०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App