१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सेजन सदस्यहरूलाई १६ करोडको स्वास्थ्य बिमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध पत्रकारको स्वास्थ्य बिमा गरेको छ। सेजनले हिमालयन एभरेष्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रूपैयाँ बराबरको स्वास्थ्य बिमा गरेको हो।

बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले सेजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) आश्विन पराजुलीलाई बिमा लेख हस्तान्तरण गरे। स्वास्थ्य बिमाको अवधि एक वर्षको हुने छ।

पोलिसी हस्तान्तरण कार्यक्रममा सेजन अध्यक्ष सुजन ओलीले सदस्यहरूको सुरक्षाको लागि स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको बताए। ‘सदस्यको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै अहिले हामीले आफ्नो कोषबाट सबै सदस्यको बिमा गरेका छौं,’ ओलीले भने।

सम्झौता कार्यक्रममा इन्स्योरेन्सका सिइओ शाहले आर्थिक पत्रकार आवद्ध सेजनका सदस्यलाई आफ्नो संस्थामार्फत बिमा गर्न पाउनु निकै खुसीको विषय भएको बताए।

उनले सबै नेपाली बिमामा जोडिन आवश्यक रहेको समेत बताए। बिमा गर्दाका फाइदा बुझाउन नसक्दा क्षति न्यूनीकरण नभएको उनको भनाइ छ। आर्थिक क्षेत्रमा कलम चलाउने आर्थिक पत्रकारको छाता संगठनको हैसियतले सेजनले बिमा गर्दाका फाइदा सर्वसाधारणलाई बुझाउन भूमिका खेल्नुपर्ने उनले बताए।

प्रकाशित: १८ फाल्गुन २०८० १०:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App