२४ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

अनर एक्स एट बी सार्वजनिक

अनरले २६ फेब्रुअरीदेखि बार्सिलोनामा आयोजित मोबाइल वर्ल्ड कांग्रेस (एमडब्लुसी) मा आफ्नो नयाँ म्याजिक इनोभेसन्स लन्च गरेको छ।

टेक्नोलोजी र इनोभेसनका लागि सबैभन्दा ठूलो इभेन्टमध्ये एमडब्लुसी एक भएको जनाउँदै कम्पनीले उक्त कार्यक्रममा म्याजिक ६ सिरिज, म्याजिक भि २ सिरिज र म्याजिक बुक प्रो १६ लन्च गर्ने बताएको छ।

कम्पनीका अनुसार अनर एमडब्लुसीमा आफ्नो नयाँ टेक्नोलोजी लञ्च गरेर स्मार्टफोन जगतमा एक कदम अगाडि बढिरहेको छ। यसका साथै अनर नेपालले पनि अनर ग्लोबलको कदमलाई पछ्याइरहेको बताएको छ।

अनब्रेकेबल स्मार्टफोन अनर एक्स नाइन बी पछि अब अनर नेपालले अनर एक्स एट बी बजारमा भित्र्याउँदै एक्स सिरिजलाई विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार ५१२ जिबी स्टोरेज भएको अनर एक्स एट बीलाई कम्पनीले ‘कम्प्युटर लेबल स्टोरेज’ ट्यागलाइन दिएको छ।

नेपालका लागि फोनको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर एक्स एट बी को प्रि बुकिङ २६ फेब्रुअरीबाट सुरु भएको घोषणा गरेको छ। बुकिङ तीन दिनसम्म जारी रहने र २८ फेब्रुअरीमा समाप्त हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०८० ०८:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App