१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेसनल लाइफ इन्स्योरेन्स ३७औं वर्षमा

नेसनल लाइफ इन्स्योरेन्स ३७ औं वर्षमा प्रवेश गरेको छ। यसैक्रममा कम्पनीले आफ्नो ३७औं वार्षिकोत्सव विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।

कम्पनीले केन्द्रीय कार्यालय लाजिम्पाटमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। जसमा ५० भन्दा बढी कम्पनीका कर्मचारीको सहभागिता रहेको थियो।

यस्तै देशभरमा ५३ वटा बाल र वृद्ध आश्रममा खाना खुवाउने, अपांगता संरक्षण नेपालको सहायतामा १२३ जना दृष्टिविहीनलाई सेतो छडी वितरण गने कार्य गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०८० ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App