१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको नयाँ शाखाको उद्घाटन

ग्लोबल आइएमई बैंकले पाँचथर जिल्लाको फिदिम नगरपालिका १२ डेरी बजारमा नयाँ शाखारहित बैंंकिङ सेवा सञ्चालनमा ल्याएको छ। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरूको संख्या २७५ पुगेको छ।  

शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, वडा नम्बर १२ का अध्यक्ष कमलप्रसाद चापागाईं र बैंकका सहायक महाप्रबन्धक दिलीप पोखरेलले संयुक्त रूपमा गरेका छन्।

शाखारहित बैंकिङ सेवाबाट ग्रामीण क्षेत्रका बासिन्दाले स्थानीय प्रतिनिधिमार्फत विभिन्न बैंकिङ सेवा लिन सक्नेछन्।

यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने र झिक्ने, आफ्नो खातामा रहेको मौजदातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी लगायतका सेवा लिन सकिने बैंकले जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०८० १०:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App