१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्थमन्त्री भन्छन्ः बजेट कटौती गरिएको छैन

अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षको अर्धवार्षिक मूल्याङ्कन समिक्षामार्फत बजेटको कटौती नगरिएको दावी गरेका छन्।

‘अर्थमन्त्रालयले खर्च कटौती गरेको होइन्। जे प्रस्तावित विनियोजित बजेट छ त्यही नै यथावत छ,’ उनले भने, ‘हामीले  त खाली अहिले खर्च भएको ट्रेन्डलाई हेर्दा कति खर्च हुने सम्भावना छ भन्नेतर्फ मात्रै इंगित गर्न खोजेका हौँ। यो हाम्रो अनुमान त गलत सावित होस् भन्ने चाहन्छु। हामीले राखेको लक्ष्यभन्दा ज्यादा आम्दानी र खर्च होस भन्ने चाहाना रहेको छ।’

अर्थ मन्त्रालयले गत माघ २९ गते अर्थवार्षिक मूल्याङ्कन गर्दै  प्रतिवेद सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०/८१ का लागि १५ खर्ब ३० अर्ब २६ करोड ६२ लाख खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।

तर, बजेट घटाएको भन्ने आरोप लागेसँगै अर्थमन्त्री महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर स्पष्टिकरण दिएका हुन। स्रोत सुनिश्चित नभई ठूलो आकारको महत्वाकांक्षी बजेट बनाएको सरकारले बजेटको आकार सवा दुई खर्ब रुपैयाँ घटाएको बताइएको थियो।

अर्थमन्त्री महतले दुई खर्ब २१ अर्ब रुपैयाँले आकार घटाएर संशोधित अनुमान पेस गरेका थिए। गत जेठ १५ गते चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएका थिए। अर्थमन्त्री महतले धेरैभन्दा धेरै राजस्व संकलन होस भन्ने चाहाना राखेको दावी गरे। अर्थमन्त्री महतले बजेट कटौतीको विषय हुदैँ नभएको जिकिर गरेका छन्।

‘हामीले बजेट प्रस्ताव राख्छौं। अर्थवार्षिक समिक्षामा जहिले पनि कम हुन्छ भन्ने विषय छ भन्ने विषयमा हामीले  ग्यापको आवश्यक वर्कआउट गरिरहेका छौं ,’ उनले भने‘ मन्त्रालय र आम्दानी र खर्च बीचको ग्याप हटोस् भनेर अध्ययन गरिरहेका छौं। यसमा पनि प्रगति भइरहेको छ।’ 

अर्थमन्त्री महतले राजस्व घट्ने भन्दा पनि बढ्ने काम भइरहेको बताए। अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग कुनै पनि प्रकारको खटपट नरहेको बताएका छन्।

‘प्रधानमन्त्रीसँग समन्वय छ या छैन भन्ने कुरा त मलाई धेरै थाहा होलान नि,’ उनले भने ‘प्रधानमन्त्रीसँग संवाद र कुरा भइरहेको छ। उहाँसँग राय सुझाव लिने र दिने काम पनि भइरहेको छ। यस्तो गर्न उपयुक्त होला भनेर पनि भइरहेको छ।’ अर्थमन्त्री महतले सार्वभौम संसदबाट पारित भएको बजेट घटाउन नसकिने दावी गरे।

प्रकाशित: ४ फाल्गुन २०८० १३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App