१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकको साधारणसभा

कुमारी बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाबाट सामान्य प्रस्तावको रूपमा पेश गरिएको आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आब २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आव २०८०/८१ को लागि बाह्य लेखापरीक्षक नियुक्ति एवम् निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको छ।

साथै सभाले स्थापक सेयरधनी समूहबाट अमिरप्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ, पशुपति मुरारका, सर्वसाधारण सेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का, र सर्वसाधारण सेयरधनी समूह महिलाका तर्फबाट सिम्रन अग्रवाल निर्वाचित भएका छन्।

प्रकाशित: १ फाल्गुन २०८० ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App