२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नक्सालमा खुल्यो एक्सकस्मोपोलिटनको आउटलेट

नेपालमा रिभर्स एजिङको अनुभव दिने उद्देश्यले स्थापना भएको एक्स कस्मोपोलिटनको शुभारम्भ भएको छ।

दुबईका राजपरिवारका सदस्य महामहिम शेख जुमाविन मक्तौम अल मक्तौमको कार्यालयका कार्यकारी निर्देशक तथा सल्लाहकार याकुब अल अली र नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवालीले कम्पनीको उद्घाटन गरे। योसँगै नक्सालमा कम्पनीको आउटलेट सञ्चालनमा आएको छ।

प्राकृतिक रूपमै मानिसको आयु एक सय २० वर्ष भए तापनि मानिसको चेतनाको कमीले औसत आयु घट्दै गइरहेको अवस्थालाई मध्यनजर गरेर एक्स कस्मोपोलिटनले समुद्र सतहबाट तीन हजार मिटरदेखि ६ हजार पाँच सय मिटरसम्मको उचाइमा पाइने विभिन्न हिमाली जडीबुटीको प्रयोग गरी उपचार गर्दै आएको छ।

एक्स कस्मोपोलिटनमा पर्सनल वेलकेयर र सोभिनियर बुटिक गरी दुई प्रकारका सेवा उपलब्ध छन्। वेलकेयरअन्तर्गत आजको एड्भान्स प्रविधि र प्राकृतिलाई संयुक्तरूपमा मिश्रण गरी मानिसको मेटावोलिजम बढाउने, मानिसको आन्तरिक तथा बाह्य सुन्दरतालाई अनन्तता दिने कार्य गरिन्छ।

सोभिनियर बुटिक अन्तर्गत समुद्री सतहबाट ६ हजार पाँच सय मिटरसम्मको उचाइमा पाइने विभिन्न हिमाली जडिबुटी, चिया, भिर मह, हिमाली केशर, यार्चागुम्बा, सिलाजित, सिस्नोलगायतका जडीबुटीबाट उत्पादन गरिएको प्राकृतिक र दैनिक प्रयोग हुने सामग्री बिक्रीका लागि राखिने छ।

विशेषतः नेपाली र नेपालमा घुम्न आउने पर्यटकलाई लक्षित गरेर सोभिनियर बुटिकको स्थापना गरिएको एक्स कस्मोपोलिटिएनका संस्थापक सरीता अधिकारीले बताइन्। कम्पनीले प्राकृतिक रूपमा उपलब्ध भएका वस्तुहरूलाई जस्ताको त्यस्तै बजारमा ल्याउँदै छ। कम्पनीले उत्पादन गर्ने सामग्रीहरूमा केमिकलको प्रयोग नहुने जनाएको छ।

प्रकाशित: २६ माघ २०८० ०९:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App