२४ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

एसयुभी एक्सटरको बुकिङ खुला

हुन्डाइको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले एसयुभी एक्सटरको बुकिङ खुला गरेको छ।

गत जुलाईमा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतमा ‘इन्डियन कार अफ द इयर’ को विजेता बनेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कारको अग्रभागमा स्प्लिट हेडलाइट सेटअप र एलइडी डिआरएल दिइएको छ। यसको डीएलआरएल एच प्यार्टनमा राखिएको र एन्टेरियरमा इलेक्ट्रिक सनरूफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल क्लस्टर लगायतका फिचर रहेका छन्।

६ वटा कलर आउने एक्सटर नेपालमा इ, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुने कम्पनीले बताएको छ। यस्तै यसको मूल्य क्रमशः ३४ लाख ९६ हजार, ४० लाख ९६ हजार र ४४ लाख ९६ हजार रूपैयाँ रहेको छ।

प्रकाशित: २१ माघ २०८० ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App