१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

नेको इन्सुरेन्सको साधारणसभा सम्पन्न

नेको इन्सुरेन्सले २८ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै संस्थापक सेयरधनीको तर्फबाट दुई जना र साधारण सेयरधनीको तर्फबाट तीन जना गरी जम्मा पाँच जना सञ्चालकहरूलाई निर्वाचित गरेको छ।

निर्वाचित हुने सञ्चालकहरूमा संस्थापक सेयरधनीका तर्फबाट रमेशकुमार निरौला र प्रताप सुवेदी त्यसैगरी साधारण सेयरधनीको तर्फबाट भरतकुमार अधिकारी, भानुभक्त पोखरेल र डा. निलिमा श्रेष्ठ निर्वाचित भएका छन्।

यस्तै निर्वाचन पश्चात् बसेको ४५७ औं सञ्चालक समितिको बैठकले रमेशकुमार निरौलालाई सञ्चालक समितिको अध्यक्षको रूपमा चयन गरेको छ।

प्रकाशित: १५ माघ २०८० ०१:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App