१० आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सामसङ ग्यालेक्सी नोट ८ किन्दा अतिरिक्त सुविधा

काठमाडौं – नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले हालै बन्डलिङ्ग अफर अन्तर्गत आफ्नो ग्यालेक्सी नोट ८ स्मार्टफोनको खरिदमा अतिरिक्त सुविधा दिने बताएको छ।

सामसङ कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गर्दै ग्यालेक्सी नोट ८ को खरिदमा ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबीको फोरजी डाटा सुविधा पनि पाउने जानकारी दिएको हो।

फोरजी डाटा प्रति महिना २ जिबीका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुनेछ। साथै विभिन्न साझेदार बैंकहरुबाट सहज किस्ता बन्दीको सुविधा पनि मिलाइएको छ। 

ग्यालेक्सी नोट ८ फोनमा इनफिनिटी डिसप्ले, सुधारिएको एस पेन र ट्रियु ड्युल क्यामेरा उपलब्ध छ। यसमा भएको ड्युल क्यामेराको साथ अप्टिकल इमेज स्टाबिलीजेसन (ओआइएस)ले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७४ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App