२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

लुम्बिनी बिजनेस समिटमा रिलायन्स फाइनान्सको साझेदारी

लुम्बिनी बिजनेस समिट २०८० को फाइनान्स साझेदारका रूपमा रिलायन्स फाइनान्सले साझेदारी गर्ने भएको छ।

व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी, पर्यटन, साना, मझौला, स्टार्टअप र नवप्रवर्तन लगायतका व्यवसायको विकास गर्दै प्रदेश स्तरमा लगानीको अवसर र यसको प्रवर्द्धनका लागि पहिलो पटक प्रदेशस्तरमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

समझदारी पत्रमा रिलायन्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र आयोजक संस्थाहरूको तर्फबाट नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष विशाल गैरेले हस्ताक्षर गरेका छन्।

रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले वित्तीय साक्षरतासहितको आर्थिक विकास नै समृद्धिको मूल आधार भएकाले उद्यमशीलता र व्यावसायिक प्रवर्द्धनका लागि बिजनेस समिटहरूमा बित्तीय संस्थाहरूको साझेदारी अनिवार्य नै रहने बताए। सो सम्मेलनले उद्यमी र बित्तीय संस्थाहरू बीचको सम्बन्ध घनिष्ट भएर जाने उनको विश्वास छ।

प्रकाशित: १२ माघ २०८० ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App