२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

सिटिजन्स बैंकले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चौदण्डीगढी नगरपालिका वडा ८ उदयपुरस्थित श्री सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा प्रदान गरेको हो।

विद्यार्थीको आर्थिक अवस्था सबल नभएका कारण जाडो मौसममा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले बालबालिकालाई न्यानो स्वेटर प्रदान गरिएको बैंकले जनाएको छ। बैंकले विद्यालयमा अयोजित एक कार्यक्रमका बीच कक्षा नर्सरीदेखि कक्षा १० सम्मका १९१ विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो।

प्रकाशित: ५ माघ २०८० ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App