२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

बिगमार्टमा ‘नेपाल पे क्युआर’बाट भुक्तानी गर्दा छुट

नेपाल पे क्युआरबाट स्क्यान गरी बिगमार्टमा भुक्तानी गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम सय रूपैयाँसम्मको छुट प्राप्त गर्ने भएका छन्। सो अफर नेपालभरि रहेका सम्पूर्ण बिगमार्टको स्टोरहरूमा माघ १ गतेबाट सीमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ।

बिगमार्टले जाडो मौसमलाई लक्षित योजनामा नेपाल पे क्युआरबाट भुक्तानी गर्दा छुटसँगै थुप्रै आकर्षक पुरस्काररू रहेको जनाएको छ।

यसैक्रममा जाडो मौसमलाई मध्यनजर गर्दै बिगमार्टले ल्याएको सो ‘विन्टर अफर’ हाल बिगमार्टको ८१ वटाभन्दा बढी स्टोरहरूमा उपलब्ध रहेका छन्। कम्पनीका अनुसार ग्राहकले आफूसँग भएको कुनै पनि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको मोबाइल बैंकिङ वालेटहरू वा कनेक्ट आइपिएस प्रयोग गरी नेपाल पे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने जनाएको छ।

प्रकाशित: १ माघ २०८० ०२:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App