काठमाडौं – महालक्ष्मी विकास बैंकले रुपन्देही जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ६, बेथरीस्थित एक्सटेन्सन काउन्टरलाई शाखामा स्तरोन्नति गर्ने भएको छ । बैंकले आजै (बुधबार) देखि उक्त काउन्टरलाई शाखामा स्तरोन्नति गर्ने एक विज्ञप्तिमार्फत जानकारी गराएको छ।
विकास बैंकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको यस बैंकले गत पुस मसान्तसम्ममा २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकटन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गरी ग्राहकलाई थप सहजता प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले सुदूर पश्चिमका दुर्गम जिल्लामा समेत आधुनिक बैंकिङ सेवा पुर्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ९ फाल्गुन २०७४ ०१:५४ बुधबार