पञ्चकन्या माई हाइड्रोपावरको सातौं र आठौं वार्षिक साधारणसभा अध्यक्ष प्रेमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।
सभाबाट सर्वसाधारण सेयर धनी (समूह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक र स्वतन्त्र सञ्चालक एक जनाको मनोनयन गरेको छ। जसमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र सञ्चालकमा बरदान गिरी रहेका छन्।
साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो।
प्रकाशित: २७ पुस २०८० ०३:२५ शुक्रबार