१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल रेमिटबाट पैसा पठाउँदा ‘क्यासब्याक’

ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा दुई सय ५० रूपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ।

पैसा आउने, थपेर पाउने नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रूपैयाँसम्मको क्यासब्याक पाइनेछ।

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउने व्यक्तिले यस क्यासब्याक योजनाअन्तर्गत २५ हजार रूपैयाँसम्म पैसा पठाउँदा एक सय रूपैयाँ, त्यसैगरी ५० हजार रूपैयाँसम्म पैसा पठाउँदा दुई सय रूपैयाँ र ५० हजार रूपैयाँभन्दा बढी पैसा पठाउँदा २५० रूपैयाँ क्यासब्याक प्राप्त गर्नेछन्। यो योजना जनवरी ३१, २०२४ सम्म लागु रहनेछ।

प्रकाशित: २६ पुस २०८० ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App