२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

रिलायन्स, मेडिकल कलेज र पुष्पाञ्जलीबीच छुट दिने सम्झौता

रिलायन्स फाइनान्स लिमिटेडले चितवन मेडिकल कलेज र पुष्पाञ्जली हस्पिटल प्रालि चितवन भरतपुरसँग वित्तीय सेवा प्रदान गर्ने तथा स्वास्थ्य सेवामा छुट दिने सम्झौता गरेको छ।

सम्झौतामा रिलायन्स फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत रामहरि आचार्य र चितवन मेडिकल कलेजको तर्फबाट कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र पुष्पाञ्जली हस्पिटल प्रालिको तर्फबाट हस्पिटलका कार्यकारी अध्यक्ष चेतनाथ वाग्लेले हस्ताक्षर गरे।

सम्झौता अनुसार रिलायन्स फाइनान्स लिमिटेडका ग्राहक, सेयरधनी तथा कर्मचारीहरूले चितवन मेडिकल कलेज तथा पुष्पाञ्जली हस्पिटल प्रालिले प्रदान गर्ने सेवामा २० प्रतिशतसम्म र फार्मेसीमा सात प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । रिलायन्स राष्ट्र बैंकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्न इजाजत लिएको संस्था हो।

प्रकाशित: २६ पुस २०८० ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App