२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ।  

सोही स्थानमा काठमाडौं जिल्ला समिति र ललितपुर दुग्ध व्यवसायी समितिको पनि वार्षिक साधारणसभा संयुक रुपमा सम्पन्न भएको जानकारी काठमाडौं जिल्लाका अध्यक्ष अजित बजगाईंले दिए।

नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो वार्षिक साधारण सभा र ललितपुर दुग्ध व्यवसायी समितिको १०औ वार्षिक साधारण सभा एकै स्थान एउटै कार्यक्रमा समेटेर गरिएको उनले बताए।

बागमती प्रदेश, काठमाडौं जिल्ला र ललितपुर समितिको संयुक्त कार्यक्रममा देखिएको रौनकतालाई खुशी व्यक्त गर्दै दुग्ध व्यवसायीको हालको पिडा र समस्याबारे स्पष्ट पार्दै यो समस्या हल गर्न सम्बन्धित सबै सरोकारवालालाई आग्रह गर्दै नेपाल डेरी एसोसिएसनका पूर्व अध्यक्ष सुमित केडियाले आफ्नो भनाई राखेका थिए।

एसोसिएसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहालले हाल  दुध तथा दुग्ध पदार्थ मौज्दात रहेको र त्यो समस्याको समाधानका लागि केन्द्र र प्रदेश सरकारले पहल गरि छिटोभन्दा छिटो समाधान निकाल्नुपर्ने  बताउँदै नेपाल डेरी एसोसिएसन आफैं बंगलादेशमा बजार खोज्न गई त्यहाँ धुलो दुध निर्यात गर्न सक्ने गरि आफूहरुले पहल गरेको कुरा बताए।  

प्रकाशित: २१ पुस २०८० ०२:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App