२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्राधिकरणले २१५ मेगावाट क्षमताका १५ जलविद्युत् आयोजनाको पिपिए नगर्ने

नेपाल विद्युत प्राधिकरणले कानुन बमोजिम तथा रितपूर्वक विद्युत् खरिद बिक्री सम्झौता ( पिपिए) गर्न नआउने २ सय १५ मेगावाट क्षमताको १५ जलविद्युत् आयोजनाको पिपिए नगर्ने निर्णय गरेको छ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर पिपिएका लागि निवेदन नदिएका,रितपूर्वक आवश्यक कागजात नदिएका १५ वटा जलविद्युत् आयोजनाको पिपिए नगर्ने निर्णय गरेको जनाएको छ।

प्राधिकरणको गत पुस १२ गते बसेको बैठकले २१५.२२० मेगावाट क्षमताका १५ वटा जलविद्युत् आयोजनाको पिपिए नगर्ने निर्णय गरेको हो।प्राधिकरणले पिपिए खारेजी गरेको आयोजनामा सबैभन्दा ठूलो क्षमताको माथिल्लो त्रिशूली १(१०२ मेगावाट) रहेको छ।

सो जलविद्युत् आयोजना चीनको पावर चाइना भनने कम्पनीले निर्माण गर्ने बताइएको थियो। सो कम्पनीले निर्माणको काम अघि बढाउन नसकेपछि अप्पर त्रिशूली हाइड्रोपावर कम्पनीले लिएको थियो।पछिल्लो कम्पनीले पनि आवश्यक कागजात र रितपूर्वक निवेदन पेश गर्न नसकेपछि पिपिए खारेज भएको हो। त्यसैगरी पिपिए खारेजीमा पर्न अर्को ठूलो जलविद्युत् आयोजना हो।

८५ मेगावाट क्षमताको चमेलिया(छतिगढ)। यो आयोजना ग्रिड नेपाल कम्पनी प्रालीले अघि सारेको थियो।पिपिए खारेजी परेका आयोजनाहरू ७६ किलोवाट क्षमतादेखि ६.६ मेगावाट क्षमताका रहेका छन्।खारेजीमा पर्नेमा खारेजीमा परेका अन्य १३ वटा आयोजनाहरूमा ६.६ मेगावाटदेखि ७६ किलोवाटसम्मका छन्।

प्राधिकरणले ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका रोल क्रमका आधारमा पिपिए प्रक्रिया अगाडी बढाउनका लागि २२८.८५८ मेगावाट क्षमताका ६ जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीलाई अनुरोध गरेको छ। ४१.०६० मेगावाट क्षमताको संखुवाखोला जलविद्युत् आयोजना, २८.९ मेगावाट क्षमताको होगुंखोला आयोजना, २२.२२८ मेगावाट क्षमताको अप्सुरा खोला जलविद्युत् आयोजनालाई पिपिए गर्नका लागि आव्हान गरेको छ।

त्यसैगरी प्राधिकरणले ३५.१५० मेगावाट क्षमताको माथिल्लो अप्सुरा खोला, २४ मेगावाट क्षमताको सुपर सेती जलविद्युत र ७७ .५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीलाई १५ दिनभित्र रित पुराएर निवेदन दिन आव्हान गरेको छ।

प्राधिकरणले निवेदन दिने जलविद्युत् कम्पनीले विद्युत उत्पादनको अनुमति पत्र जारी भएको अवस्थामा पिपिए र वित्तीय व्यवस्थापन सम्पन्न गर्ने मिति बहाल रहेको विद्युत उत्पादनको अनुमति पत्र, बहाल रहेको विद्युत सर्वेक्षणको अनुमति पत्र, विद्युत सर्वेक्षणको अनुमति पत्रको अवधि समाप्त भएको हकमा सम्बन्धित निकायबाट जारी भएको आसय पत्र बहाल रहेको ग्रिड कनेक्सन एग्रिमेन्ट, प्रत्यक्ष विदेशी लगानी हुने आयोजनाको हकमा उद्योग विभागवाट जारी भएको वैदेशिक लगानी देखिने पत्र लगायतका कागजातहरू पेश गर्नुपर्नेछ।

प्रकाशित: २० पुस २०८० ०९:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App