१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकद्वारा विभिन्न योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंकको वार्षिकोत्सवको अवसरमा ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ।पहिलो योजना अनुसार बैंकले टपअपमा टपअप धमाका सार्वजनिक गरेको छ।  

यस योजनामा बैंकको मोवाइल बैंकिङ मार्फत दुई सय रूपैयाँ वा सोभन्दा बढीको टप अप कारोबार गर्दा दैनिक १८ जना ग्राहकले लक्की–ड्रमार्फत  दुई सय रुपैयाँको टपअप प्राप्त गर्नेछन्।  

यस्तै दोस्रो योजना अनुसार बिजुली र इन्टरनेटको बिल भुक्तानी गर्ने ग्राहकलाई लक्षित गरेर अर्को योजना सार्वजनिक गरेको छ। यस योजनामा बैंकको मोवाइल बैंकिङमार्फत हालसम्म बिजुली र इन्टरनेटको बिल भुक्तानी नगरेका ग्राहकले पहिलो पटक बिल भुक्तानी गरेमा नयाँ कारोबार गर्ने ग्राहकले भुक्तानी रकमको ५ प्रतिशत वा अधिकतम ५० रूपैयाँसम्म प्राप्त गर्न सक्नेछन्। पहिलेदेखि नै बिल भुक्तानी गरिरहेका ग्राहकले यस अवधिमा पुनः भुक्तानी गरेमा ती ग्राहकमध्ये बिजुलीको बिलअन्तर्गत एक जना र इन्टरनेट बिलअन्तर्गत एक जना ग्राहकले लक्की–ड्र मार्फत पाँच महिनासम्मको बिल भुक्तानी वा अधिकतम पाँच हजार रुपैयाँसम्म प्राप्त गर्नेछन्  

साथै तेस्रो योजना अनुसार बैंकको क्युआर मर्चेन्ट भई कुनै पनि कारोबार क्युआरमार्फत प्राप्त नगरेको मर्चेन्टहरूले यस अवधिमा एक पटक वा पटक पटक गरी पाँच सय रूपैयाँसम्मको कारोबार रकम क्युआर मार्फत प्राप्त गरेमा वा लिएमा ती ग्राहकमध्ये पाँच जना ग्राहकले लक्की–ड्र मार्फत स्मार्ट घडी प्राप्त गर्नेछन्।  

सबै योजनाहरू पुस १९ देखि माघ १९ गतेसम्मका लागि लागु हुने बैंकले जनाएको छ।

प्रकाशित: १८ पुस २०८० १५:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App