८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

५ महिनामा झण्डै एक खर्बको लगानीको प्रतिवद्धता

स्वदेशी तथा विदेशी लगानीकर्ताले गत आर्थिक वर्ष २०७९/८० को वर्षभरिमा दुई खर्ब १४ अर्ब रुपैयाँको लगानीको प्रतिबद्धता गरेपनि चालु आवको पाँच महिनाको अवधिमा भने झण्डै एक खर्ब रुपैयाँको प्रतिबद्धता आएको छ।  

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष  २०८०/८१ को साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा स्वदेशी र विदेशी लगानीकर्ताले ९४ अर्ब ९३ करोड रुपैयाँको लगानी गर्ने प्रतिवद्धता गरेका छन्।  

जबकी गत अर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा विभागमा ३२२ वटा उद्योग  दर्ता भएर दुई खर्ब १४ अर्ब  लगानीको प्रतिवद्धता आएको थियो। चालु आवको पाँच महिनाको अवधिमा स्वदेशी र विदेशी लगानीकर्ताले १७२ उद्योगका लागि सो  ९४ अर्ब ९३ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता गरेका हुन्।

विभागका अनुसार चालु आवको ५ महिनासम्मको अवधिमा प्रतिवद्धता जनाएका उद्योगले १२ हजार  सात सय ६७ जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ। उद्योग विभागका अनुसार चालु आर्थिक वर्षभरिमा ८० वटा ठूला उद्योग दर्ता हुने लक्ष्य राखेको थियो।  

सोमध्ये चालु आवको ५ महिनासम्मको अवधिमा २१ वटा मात्रै ठूला उद्योग दर्ता भएका छन्। त्यसैगरी चालु आवकै वर्षभरिमा ८५ वटा मझौला उद्योग दर्ता हुने लक्ष्य राखिएको छ। तर,मंसिर मसान्तसम्मको अवधिमा भने १४ वटा मात्रै मझौला उद्योग दर्ता भएका छन्। विभागले चालु आवभरिमा दुई सय वटा साना उद्योग दर्ता हुने लक्ष्य राखेको थियो। तर,मंसिर मसान्तसम्मको अवधिमा भने १३७ वटा उद्योग दर्ता भएका छन्।

पाँच महिनामा २० अर्ब ६० करोड वैदेशिक लगानीको प्रतिवद्धता

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा २० अर्ब ६० करोड रुपैयाँ बराबरको वैदेशिक लगानीको प्रतिवद्धता आएको छ। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १९९ वटा विदेशी लगानीका उद्योगले स्वीकृति लिएका छन्। ति उद्योगले २० अर्ब ६० करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता गरेका हुन। सरकारले चालु आिर्थक वर्षभरिमा ३८ अर्ब वैदेशिक लगानीको प्रतिवद्धता आउने अनुमान गरेको छ। चालु आवको मंसिर महिनामात्रै २।२५ अर्ब रुपैयाँको मात्रै वैदेशिक लगानी लगानीको प्रतिवद्धता आएको छ।  

विदेशी लगानीमा स्थापना हुने उद्योगले १० हजार १ सय २० जनालाई रोजगारी सिर्जना गर्ने बताइएको छ। सरकारले प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई० प्रवद्र्धन गर्ने नीति लिएको भन्दै आएपनि आव २०७९÷८० मात्रै वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब रुपैयाँ भन्दा धेरैले घटेको छ। विभागको  तथ्यांकले पनि आव २०७८÷७९ को तुलनामा आव २०७९÷८० मा मात्रै वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब एक करोड रूपैयाँले घटेको देखाएको छ।

विभागका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३३ अर्ब १४ करोड रूपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता गरेका थिए। जबकी अघिल्लो आव  २०७८/७९ मा भने ५४ अर्ब १५ करोड रूपैयाँको वैदेशिक लगानीको लागि प्रतिवद्धता आएको थियो। विभाका अनुसार गत आर्थिक वर्षमा मात्रै तीन सय २७ वटा वैदेशिक लगानी स्वीकृतिको लागि प्रतिवद्धता आएको थियो। प्रस्तावित वैदेशिक लगानीबाट १७ हजार १२ रोजगारी सिर्जना हुने बताइएको छ। विभागका अनुसार मंसिर मसान्तसम्मको अवधिमा प्याटेन्ट दर्ता एक वटा मात्रै भएको छ। त्यसैगरी डिजाइन दर्ता संख्या भने शून्य छ। टेड्रमार्क दर्ता संख्या २१ सय ३८ रहेको छ। त्यसैगरी प्रारम्भिक वातावरणीय परीक्षणको दर्ता संख्या ८ रहेको छ। टेड्रमार्क सम्बन्धि मुद्दा कारवाही संख्या पनि १४ वटा रहेका छन्।

प्रकाशित: ११ पुस २०८० १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App