१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

एनसेल वुमन आइकन बनिन सुनैना

 ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड –२०२३’ बाट सुनैना घिमिरे पाण्डे सम्मानित भएकी छन्।काठमाडौंमा शुक्रबार आयोजना गरिएको अप ग्राड आइसिटी अवार्डको कार्यक्रममा पाण्डेलाई सो अवार्ड प्रदान गरिएको हो।

सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो समयदेखि कार्यरत पाण्डे कम्प्युटर एसोसिएसन (क्यान) महासंघको पहिलो महिला उपाध्यक्षसमेत हुन्।साथै उनले जनरल टेक्नोलोजी प्राइभेट लिमिटेडको प्रबन्ध निर्देशक, क्यान महासंघको महासचिव र सचिवको पदमा रहेर काम गरिसकेकी छन्।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले संयुक्त रूपमा पाण्डेलाई ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३’ प्रदान गरेका थिए।

प्रकाशित: १० पुस २०८० १५:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App