२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

भिटोफद्वारा होमस्टे ट्रेल अन्वेषण

ताङतिङ – ग्रामीण पर्यटन गन्तव्यका रुपमा स्थापित कास्कीका ताङतिङ र याङजाकोटको एकीकृत पर्यटन प्रवद्र्धन गर्न गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालले होमस्टे टेलको अवधारणा अघि बढाएको छ ।  
उसले माघ पहिलो साता त्यसको सम्भाव्यता अध्ययन गरेको हो । भिटोफका सह–कोषाध्यक्ष कृष्णबहादुर सुवेदीको नेतृत्वको टोलीले ताङतिङ, करापु टप र याङ्जाकोट अन्वेषण गरेको छ ।

‘हामी छुट्टाछुट्टै होमस्टे गाउँहरुको प्रवद्र्धन गर्दै आएका थियौं,’ संयोजक सुवेदीले भने, ‘यसपालि होमस्टे गाउँहरुलाई आपसमा जोडेर पर्यटकलाई फरक स्वाद दिन होमस्टे टे«लका रुपमा ब्रान्डिङ गरेका हौं ।’
तीन रातको प्याकेजमा होमस्टे टे«ल घुम्न सकिन्छ । पोखराबाट बसमा गएर पहिलो बास ताङतिङ (१,६५७मिटर), दोस्रो बास करापु डाँडा (२,०७७ मिटर) र तेस्रो बास याङ्जाकोट (१,४७७ मिटर)मा बस्न सकिन्छ ।

ताङतिङबाट करापु पुग्न ६ घन्टा उकालो चढ्नुपर्छ भने करापुबाट याङ्जाकोट ओर्लन ५ घन्टा लाग्छ ।  
‘दुवै गाउँमा होमस्टेको रिफ्रेसमेन्ट तालिम जरुरी देखियो । ठाउँ ठाउँमा पदमार्ग सुधार गर्नु पर्ने छ’, सुवेदी भन्छन्, ‘गाउँलेहरुलाई तालिम दिन हामी सहजीकरण गर्छौं । पदमार्ग सुधारचाहिँ स्थानीय गाउँपालिकाले गर्नु पर्छ ।’

ताङतिङ र याङ्जाकोट दुवै गुरुङ बस्ती हुन् । होमस्टे टे«लमा हिमाली सौन्दर्य, गुरुङ जीवनशैली र जैविक विविधताको स्वाद पाइन्छ । गाउँबाट अन्नपूर्ण, लमजुङ र माछापुच्छे« हिमाल झलमल्ल देखिन्छ ।
दुवै गाउँमा होमस्टे र होटल सुविधा छ । ताङतिङका १३ घरमा होमस्टे गराइन्छ भने याङ्जाकोटका आठ घरमा । गाउँलेहरु पाहुनाको मागअनुसार साँझ सामुदायिक भवनमा पाहुनालाई सांस्कृतिक नाचहरु घाटु, सोरठी र कृष्णचरित्र देखाउँछन् ।

नेपाल पर्यटन बोर्डसँग र स्थानीय होमस्टे व्यवस्थापन समितिसँगको साझेदारीमा भिटोफले होमस्टे टेलको विकासमा काम गर्ने भएको छ ।‘अतिथि सत्कारको मिठो शैलीका कारण ताङतिङ र याङ्जाकोट लोकप्रिय बन्दै गएका हुन्,’ भिटोफ पोखरा शाखाका संस्थापक अध्यक्ष तारानाथ पहारी भन्छन्, ‘हामी यी दुवै गाउँको निरन्तर प्रवद्र्धन गर्नेछौं ।’

पोखरा नजिकका गन्तव्य भएकाले दुवै गाउँ पर्यटकको रोजाईमा पर्दै गएका छन् । पोखरा–याङ्जाकोट २३ किलोमिटर छ भने पोखरा–ताङतिङ २७ किमि । पोखराको काहुँखोलाबाट दुवैतिर सार्वजनिक बस चल्छन् ।
 

प्रकाशित: १९ माघ २०७४ ०१:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App